धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले बताए ।
उनका अनुसार समर्थन फिर्तासम्बन्धी पत्र मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाइनेछ।
मुख्यमन्त्री शाहले बिहीबार नाउपाका मन्त्री रामेश्वर चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट बर्खास्त गरेपछि नाउपाले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
सुदूरपश्चिम प्रदेशसभामा कुल ५३ सांसद छन्। जसमध्ये नाउपाका ७ जना सांसद छन्। वर्तमान कांग्रेस नेतृत्वको सरकारलाई एमाले र नाउपाले समर्थन दिँदै आएका थिए।
सरकार टिकाउन २७ सांसदको बहुमत आवश्यक पर्दछ। कांग्रेसका १८ र एमालेका ११ जना सांसद ९सभामुखबाहेक० सरकार पक्षमा रहेकाले नाउपाको समर्थन फिर्ताले सरकारको बहुमतमा तत्काल प्रभाव नपर्ने देखिन्छ ।
प्रदेशसभामा माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका ३, राप्रपा र एक जना स्वतन्त्र सांसद छन्। एसका सांसद दीर्घ सोडारी निलम्बनमा छन्।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै