संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    लेखा समितिको सभापतिमा कांग्रेस सांसद खड्काको मनोनयन

    लेखा समितिको सभापतिमा कांग्रेस सांसद खड्काको मनोनयन

    संघारी न्युज
    ३ बैशाख २०८३
    558
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति पदमा मनोनयन दर्ता गरेका छन् । आजै कांग्रेस संसदीय दलले खड्कालाई लेखा समितिको सभापतिमा पठाउने निर्णय गरेको थियो ।

    सोही निर्णयका आधारमा खड्काले मनोनयन दर्ता गराएका छन् । आज प्रतिनिधिसभाका संसदीय समितिमा मनोनयनको कार्य तालिका छ ।

    प्रतिनिधिसभामा झन्डै दुई तिहाइ बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिएर बाँकी सबै समितिका सभापतिमा आफ्ना सांसद पठाउने निर्णय गरेको छ ।

    उता विपक्षी दलहरूले पनि लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई सघाउने सहमति गरेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com