संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

    सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

    संघारी न्युज
    १८ जेष्ठ २०८३
    477
    Shares

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि तयार पारेको नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत गरिने भएको छ ।

    आज बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए । सरकारको नीति तथा कार्यक्रम प्रस्तुतिका लागि प्रदेश सभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । सभामा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गर्नुहुने जनाइएको छ ।

    मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम पारित गरी प्रदेश सभामा पेस गर्ने निर्णय गरेको थियो ।

    यसैगरी सोही बैठकले सुदूरपश्चिम प्रदेश विकास परिषदबाट पारित दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदालाई समेत स्वीकृत गर्दै आजदेखि कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com