काठमाडौं । कोशी ब्यारेजमा पानीको बहाब बढेसँगै ३१ वटा ढोका खोलिएको छ ।
अहिले ब्यारेज ‘रेड अलर्ट’ को अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी ९सीडीओ० ईश्वरीप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार, अहिले कोशी ब्यारेजमा २ लाख ४० हजार क्युसेक बाढी मापन भएको छ ।
यद्यपि अघिल्लो वर्ष कोशीमा ५ लाख क्युसेक माथि बाढी मापन भएको थियो ।
‘कोशी ब्यारेजमा अहिले रेड अलर्टको अवस्था छ । यद्यपि अघिल्ला वर्षहरूमा ५ लाख क्युसेकसम्म बाढी मापन भएको थियो,’ सीडीओ अर्यालले भने, ‘आत्तिनुपर्ने अवस्था चाहिँ छैन । तर, हामी अलर्टमा छौं ।’
उनका अनुसार, कोशी पुल भएर चल्ने सवारी साधन भने रोकिएको छैन ।
‘अहिले नै सवारी साधन रोक्नुपर्ने अवस्था छैन । बाढीको मापन बढ्यो भने आवश्यकताअनुसार निर्णय भने हुन्छ,’ सीडीओ अर्यालले भने ।
मौसम विज्ञान विभागले सप्तकोशीमा बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा पर्सिसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै