संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिममा लामो दुरीका बस सेवा बन्द

    सुदूरपश्चिममा लामो दुरीका बस सेवा बन्द

    संघारी न्युज
    ९ असोज २०८३
    369
    Shares

    धनगढी। सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाबाट धनगढी आउने तथा धनगढी हुँदै अन्यत्र जाने लामो दूरीका सार्वजनिक बस सेवा बन्द भएका छन् ।

    भारी वर्षा, बाढी तथा पहिरोको जोखिमका कारण यातायात व्यवसायीले लामो दूरीका बस सञ्चालनमा रोक लगाइएको हो ।

    शुक्रबारदेखि आइतबारसम्मका लागि विभिन्न यातायात समितिले लामो दूरीका बस सञ्चालन नगर्ने निर्णय गरेका हुन्। सुदूरपश्चिमका पहाडी क्षेत्रबाट काठमाडौँ, पोखरा लगायत पूर्वतर्फ जाने लामो दूरीका बससमेत तत्काल सञ्चालन नगर्ने निर्णय गरिएको छ।

    लामो दूरीका बस सेवा बन्द भएपछि यात्रुहरू छोटो दूरीमा सञ्चालन हुने सवारीसाधनमार्फत गन्तव्यतर्फ जानुपर्ने बाध्यतामा छन्। कतिपय रुटमा छोटो दूरीका सवारीसाधनसमेत पर्याप्त नहुँदा यात्रुले थप सास्ती खेप्नुपरेको बताएका छन्।

    सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै सरकारले लामो दूरीका सवारीसाधन सञ्चालनमा सावधानी अपनाउन आग्रह गरेपछि यातायात व्यवसायी सेवा स्थगित गरेका हुन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com