संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    वर्षाले सुदूरपश्चिमका पहाडी सडकहरु भाँसिदै

    वर्षाले सुदूरपश्चिमका पहाडी सडकहरु भाँसिदै

    संघारी न्युज
    ११ असोज २०८३
    342
    Shares

    कैलाली । निरन्तर भइरहेको वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लाका सडकहरू भासिन थालेका छन् । अछामको चौरपाटी गाउँपालिकास्थित चौखुट्टे–साँफेबगर सडकखण्ड भासिएका हुन् ।

    यस्तै डोटीको शिखर नगरपालिका– ३ को रामपुर स्थित दिपायल डडेलधुरा सडक खण्डको मुख्य सडक अन्दाजी २० मिटर बाटो भासिएको छ।

    वर्षाका कारण सडकको केही भाग भासिएपछि उक्त सडक खण्डहरूमा सवारी साधन आवतजावत जोखिमपूर्ण बनेको छ । भासिएको सडकको तत्काल निरीक्षण गरी मर्मत तथा सुरक्षित रूपमा यातायात सञ्चालनको व्यवस्था गर्न सम्बन्धित निकायसँग स्थानीयले माग गरेका छन् ।

    यसैबिच निरन्तरको वर्षाका कारण देशका विभिन्न स्थानका सडकमा चिरा पर्ने, भासिने तथा पहिरो जाने क्रमसमेत बढेको छ ।

    यसले लामो तथा छोटो दूरीका सवारीसाधनको आवागमनमा चुनौती थपिएको छ । वर्षाका कारण नदी तथा खोलाको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सम्बन्धित निकायले आग्रह गरिरहेका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com