बैतडी, असोज ११ गते । लगातारको वर्षाले पहिरो खस्दा बैतडीको दशरथचन्द नगरपालिका –४, बवेत गाउँका ६ घरपरिवार र मेलौलीमा नगरपालिकाको एक विद्यालय क्षति पुगेको छ ।
आइतबार विहान घरमाथिबाट पहिरो खस्दा दशरथचन्द नगरपालिका –४, बवेतका छ घर परिवार बिस्थापित भएको बैतडीका् प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताउनुभयो ।
पहिरोले बवेत गाउँका स्थानीय किशोर वडको घरमा पूर्ण क्षति भएको छ । पहिरो थप जगदिशबहादुर वड, कृष्णबहादुर वड, लक्षीराम वड, दमन वड, नरेश वडको घर जोखिममा परेपछि घरपरिवार विस्थापित भएका छन् ।
पहिरो खस्दा किशोर वडका परिवारका सात जनाले भागेर ज्यान जोगाएका छन् । पहिरोले बवेत गाउँका छ परिवारका ३१ जना विस्थापित भएको पहिरो पीडित जगदिशबहादुर वडले बताउनुभयो ।
विस्थापित परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरोले छ घरपरिवार विस्थापित भएका छन् । मानवीय क्षति हुन नदिन पीडितलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ ।”
त्यसैगरी निरन्तर वर्षाका कारण जिल्लाको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका –९, स्थित विशालपुर माविको भवनमाथि पहिरो खस्दा पूर्ण क्षति भएको विद्यालयका शिक्षक वीरुवाराम लोहारले बताउनुभयो ।
यसैबिच पहिरोका कारण दशरथचन्द राजमार्गको खोड्पे क्षेत्रको मानिकाखानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक तत्काल खोलेर सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । यद्यपि पहिरोको जाखिम कायमै रहेको छ ।
सवारी चलाउन रोक
भारी वर्षाका कारण जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लाभर सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । शनिवार पनि सावरी साधन सञ्चलनमा रोक लगाइएको थियो । वर्षा जारी रहेकाले अप्रिय क्षति हुन नदिन आइतबार पनि सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताउनुभयो ।
यसैबिच जिल्ला सरक्षा समितिको वैठक बसेको छ । बाढी पहिरोबट विस्थापितको उद्धार, राहत र क्षतिको यकिन विवरण सङ्कलन भइरहेको सुरक्षा समितिले जनाएको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै