संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु

    च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु

    संघारी न्युज
    १६ असोज २०८३
    297
    Shares

    कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक युवकको मृत्यु भएको छ।

    शुक्रबार बिहान च्याउ टिप्न वनमा गएका गौरीगंगा नगरपालिका–६ चरिडाँडाका अन्दाजी ४० वर्षीय कृष्ण चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान करिब ५ बजे च्याउ टिप्ने क्रममा चौधरीमाथि बाघले आक्रमण गरेको थियो।

    घटनाबारे बिहान ८ बजे इलाका प्रहरी कार्यालय चौमालाले जानकारी पाएलगत्तै प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com