संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    पुरुष भलिबलमा एपीएफलाई स्वर्ण पदक

    पुरुष भलिबलमा एपीएफलाई स्वर्ण पदक

    संघारी न्युज
    ३ कार्तिक २०७९
    1.3k
    Shares

    कास्की । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलकाे एपीएफले स्वर्ण पदक जितेको छ । 

    पोखरा रङ्गशालामा आज बिहीवार भएकाे खेलमा आर्मीलाई सोझो सेटमा हराउँदै एपीएफले स्वर्ण जितेकाे हाे । एपीएफले आर्मीलाई २५–२१, २७–२५ र २६–२४ काे सेटमा हराएकाे हाे ।

    आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई हराएकाे थियो भने एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई सेमिफाइनलमा हराएको थियो । एपीएफले दोस्रोपल्ट पुरुष भलिबलमा स्वर्ण जितेको हो । यसअघि छैटौँ राष्ट्रिय खेलकुदमा एपीएफले स्वर्ण जितेको थियो । 

    बिहीवार नै कास्य पदकका लागि भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई २६–२४, २५–१४ र २५–१८ काे साेझाे सेटमा हरायाे । 

    भलिबलमा प्रतियाेगितामा तीन विभागीय, सात प्रदेश र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टिम सहभागी थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com