हामीसंग जे छैन, जुन हाम्रो आफ्नो होईन
त्यस कै लागि दुःखी छौ हामी
आफुसंग नभएको कुरा, आफ्नो बन्न नसकेसम्म
वा, आफ्नै बनाउन नसकेसम्म
अर्का कै भर पर्नु पर्ने हुन्छ
माग्ने, पाउने वा किन्ने, अधिकार नै भए पनि
अर्काले नदिए पछि, कुनै दिन
भोकै पनि टार्नु पर्ने हुन्छ ।
हामीसंग जे छ, जुन हाम्रो आफ्नो हो
त्योसंग खुशी छैनौं हामी
न त त्यसको सदुपयोग गर्न सकेका छौ
न त त्यसमा भएका अपार संभावनाहरुको
पहिचान गरेका छौं वा प्रयोग गर्ने यत्न गरेका छौं
हामी चाहदैनौं वा हामीले जानेका छैनौं ?
जानेर पनि गर्नु हुदैन वा गर्नु पर्दैन भनेर मानेका छौं ??
उस्तै मस्तिष्क हामी सबैको भए पनि
किन्ने वा बेच्ने, दिने वा लिने, पर्खिने वा बोलाउने
विवेकको सही प्रयोग नभएपछि, गन्तव्य हराउन पनि सक्छ
दिउसो उज्यालोको जति कुरा गरे पनि,
राती अध्यारोले सताउन पनि सक्छ ।।
सु-संस्कारको अभावमा क-संस्कार मौलाउछ
विश्वसनीय प्रणालीको अभावमा
संभावनाका भावहरु क्षीण हुदै जान्छन्
सु-संस्कार र सशक्त प्रणाली नभएसम्म
भ्रष्टाचारका अवसरहरु यत्रतत्र रहिरहन्छन्
जसले जे जति लेखे पनि जे भने पनि जे गरे पनि
सार्वभौम तर गरीबहरु गरीब नै भईरहन्छन् ।।।
हजारौं कोशको यात्रा एक पाईलाबाट प्रारम्भ हुन्छ
सार्थक स्वाभिमान स्वनिर्माणबाट मात्र संभव छ
प्रस्थानबिन्दु केवल त्यो एक पाइला
स्वनिर्माणको लागि आत्मरुपको पहिचान गर्दै
आफ्नो सामर्थ्य र संभावनाहरुको सदुपयोग गर्दै
स्वाभिमानको नाममा फेरि पनि
परनिर्भरताको पर्खाईमा होईन
अवसरमा आफु जत्तिकै क्षमता राखने मान्छेलाई
भेडाहरु सम्झी आफु भेडाको गोठालो होइन
मानव मुल्य मान्यता सभ्यता र क्षमताको कदर गर्दै
विकास र खुशीलाई आफ्नो दायित्व र लक्ष्य स्वीकार्दै
आफुबाट संभावना देख्ने मानिसहरुलाई
आफुले संभावना देखाएका मानिसहरुलाई
मान्छे सम्झी मान्छेको अभिभावक बन्न सकेमा
एक-एक प्रत्येक जागरणको यो यात्रामा
असंख्य पदचाप र ब्रम्हतरंगले
अपार स्वाभिमान बन्न पनि सक्छ
स्वनिर्माणमा ऐक्यबद्धताको यो अभियान
सार्थक बनाउन सकेमा
अरुको त के कुरा
सारा जगतले पनि गन्न र भन्न सक्छ
स्वाभिमानी ।।।।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै