संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    जसपाका उम्मेदवार सिनालद्वारा वाम लोकतान्त्रिक गठबन्धनलाई समर्थन गर्ने

    जसपाका उम्मेदवार सिनालद्वारा वाम लोकतान्त्रिक गठबन्धनलाई समर्थन गर्ने

    संघारी न्युज
    १९ कार्तिक २०७९
    1.2k
    Shares

    डडेलधुरा । डडेलधुरामा जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका श्याम सिनालले उम्मेदवारी निष्क्रिय बनाउने भएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर वाम लोकतान्त्रिक गठबन्धनलाई समर्थन गर्ने जनाएका हुन् ।

    सिनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा जसपा डडेल्धुराबाट प्रतिनिधि सभा प्रत्यक्ष तर्फको आफ्नो उम्मेदवारीलाई पूर्ण रुपमा निष्क्रिय गर्दै वाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार शेरबहादुर देउवा र प्रदेश सभा (क) प्रत्यक्ष तर्फ उम्मेदवार खगराज भट्ट तथा प्रदेश सभा (ख) का उम्मेदवार गोविन्दराज बोहरालाई पूर्ण रुपमा समर्थन गरि सहयोग गर्दछु ।’

    पछिल्लो समय प्रधानमन्त्री देउवा गृह जिल्लामा आयोजित विभिन्न चुनावी सभाहरुमा व्यस्त छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com