संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कैलालीमा मदिरा बिक्रि वितरणमा आजदेखि रोक

    कैलालीमा मदिरा बिक्रि वितरणमा आजदेखि रोक

    संघारी न्युज
    २१ कार्तिक २०७९
    1.2k
    Shares

    धनगढी,२१ कात्तिक । कैलालीमा मदिरा बिक्रि वितरणमा आजदेखि रोक लगाइएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले आइतबार रातिदेखि मदिरा बिक्रि वितरणमा रोक लगाएको प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए ।

    जोशीकाअनुसार अगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मर्यादित, स्वच्छ, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न तथा आचारसंहितालाई पालन गराउन मतदानको १५ दिन अघि बिक्रि वितरण र सेवन रोक्न गृहले निर्देशन दिएको थियो ।

    सोहीअनुसार कैलालीमा पनि आइतबार राति १२ बजेदेखि मदिरा बिक्रि, वितरण र सेवनमा रोक लगाइएको बताउदै जोशीले निषेध गरिएको काम गरेको भेटिए कानून बमोजिम कारवाही गरिने जनाए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com