डडेल्धुरा, २२ कात्तिक । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरमा बुधबार मेला लाग्दैछ। स्थानीय भाषामा ‘देहिजाँत’ले परिचित सुदूरपश्चिमको उग्रतारा भगवती मन्दिरमा मार्गशीर्ष कृष्णपक्षको प्रतिपदामा भव्य मेला लाग्छ।
हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र भोलिपल्ट दिउँसो ‘दिउसेडी’ मेला लाग्छ। खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण |(भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आई दिउसेडी मेला सुरु भएको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ।
बिहान ४ बजे धार्मिक परम्पराअनुसार दाइन दमाह, रुइसिंग, विकुल, भोकर, शंख, घण्टा इत्यादि बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु भएको हो।
उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी भारतबाट समेत श्रद्धालु आउने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए। डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को महाकाली राजमार्गसँगै सुन्दरडाँडास्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पूजा–आराधना गर्न आउँछन्।
वर्षमा एकपटक भव्यरूपमा लाग्ने मेलामा उग्रतारा माताको दर्शन गरे दैवीप्रकोप नहुने, सुख प्राप्त हुने तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ।
सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, सुदूरपश्चिमको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न सकिन्छ।
स्थानीय लोपोन्मुख वस्तुको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ। उग्रतारा मेलामा स्थानीयले बाँस र निगालाका सामग्रीसँगै खाद्यवस्तु एवं कृषि औजार, प्याजको बेर्ना बिक्री वितरण गर्छन्। हराउँदै गएका अन्नबाली फापर, टिमुर, तिललगायत अदुवा, बेसार, चुक, मह, घ्यू, सुन्तला, मौसमी, केरालगायत स्थानीयस्तरमा उत्पादित विभिन्न वस्तुसँगै मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग र तरकारीको राम्रो व्यापार हुन्छ।मेलामा भारतका विभिन्न ठाउँका व्यापारीले मिठाइ बिक्री गर्छन्।
उग्रतारा मेलालाई सभ्य र भव्य सम्पन्न गर्न तथा मेलामा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि मेलाभर जुवातास तथा मदिराजन्य वस्तु बिक्रीवितरणमा रोक लगाउने समितिको निर्णय गरेको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै