संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    धनगढीका व्यवसायीद्धारा चर्को ब्याजदर घटाउन माग

    धनगढीका व्यवसायीद्धारा चर्को ब्याजदर घटाउन माग

    संघारी न्युज
    २३ कार्तिक २०७९
    1.1k
    Shares

    कैलाली, २३ कात्तिक । धनगढीमा चर्को ब्याजदरविरुद्ध व्यवसायीहरु सडकमा उत्रिएका छन् । बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदरविरुद्ध कैलाली उद्योग वाणिज्य संघको आयोजनमा व्यवसायीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

    अस्वभाविक रूपले बढेको ब्याजदरले व्यवसाय सञ्चालन गर्नै समस्या भएको भन्दै जिल्लाका उद्योगी, व्यवसायी विरोधमा उत्रिएका हुन्। बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरको विरोध गर्दै बुधबार धनगढीको ट्राफिक चौराहदेखि नेपाल राष्ट्र बैँक धनगढीसम्म मौन प्रदर्शन गरेका छन्। कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा धनगढी उप–महानगरपालिकाका नगरप्रमुख गोपाल हमालको समेत विरोध प्रदर्शनमा सहभागि थिए।

    नेपाल राष्ट्र बैंकको चालु पुँजी कर्जा मार्ग निर्देशिका २०७९ मा गरिएको व्यवस्था र कर्जाको ब्याजदरमा भएको अस्वभाविक वृद्धिले उद्योग व्यवसायी नै धरासायी हुने भन्दै विरोधमा उत्रिनु परेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए।

    बैंक तथा वित्तीय संस्थाले कर्जा प्रभाह गर्दा उद्योगी व्यवसायीप्रति मर्यादित व्यवहार गर्नुपर्ने, कर्जाको ब्याजदरमा एकल अंक कायम गर्नुपर्ने, विगतको चालु पूँजी कर्जा निर्देशिका यथावत राखेर क्रमिक रुपमा लागू गर्नुपर्ने, मौद्रिक नीतिमा भएका छुटलाई कार्यन्वयन गर्नुपर्ने लगाएतका माग राख्दै निजी क्षेत्र विरोधमा उत्रिएको अध्क्षय कुँवरले बताए ।

    यस्तै राष्ट्र बैंकले जारी गर्ने रिपो कम गर्नुपर्ने, ब्याजदरमा वृद्धि गर्न नहुने, ब्याजदर पुर्नसंरचना गर्नुपर्ने र बैंकले सुरु गरेको सम्पूर्ण लिलाम प्रक्रिया रोक्नु पर्ने कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुष्कर ओझाले बताए । उनका अनुसार बैंकले लिने चर्को ब्याजदरकै कारण व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com