काठमाडौं, २३ कात्तिक । सरकारले चालू आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। गत वर्षभन्दा प्रति किलो दुई रुपैयाँ बढी न्यूनतम समर्थन मूल्य तोकिएको छ।
अन्तर्राष्ट्रिय बजारमा खाद्यान्नको भाउ बढेसँगै सरकारले पनि धानको न्यूनतम समर्थन मूल्य बढाएको हो। मन्त्रिपरिषद्को १६ कात्तिकको निर्णय अनुसार‚ मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल दुई हजार ९६७ र मध्यम धानको समर्थन मूल्य प्रति क्विन्टल तीन हजार १२८ रुपैयाँ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। अघिल्लो वर्षका तुलनामा एक क्विन्टलमा न्यूनतम समर्थन मूल्य कम्तीमा २१५ रुपैयाँ बढाइएको छ।
न्यूनतम समर्थन मूल्य अनुसार‚ खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानबाट धान खरीद गर्ने मन्त्रालयको दाबी छ। सरकारले कृषि उपजको बिक्रीको सुनिश्चितताका लागि धानको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ। तर, किसानले भने समर्थन मूल्य तोकिए पनि सरकारी कम्पनीले कोटा पूरा भइसकेको भन्दै धान खरीद नगर्ने गरेको बताउने गरेका छन्।
गत वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल दुई हजार ७५२ र मध्यम धानका लागि दुई हजार ९०२ रुपैयाँ तोकिएको थियो। न्यूनतम समर्थन मूल्यमा कृषि सहकारी मार्फत धान खरीद गर्न यो वर्ष ३३ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरीदका लागि छिटै सूचना प्रकाशन गरिने मन्त्रालयको दाबी छ।
हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरीद गर्ने कृषि सहकारीहरूलाई ११२ रुपैयाँ प्रति क्विन्टल व्यवस्थापन खर्च उपलब्ध गराउने व्यवस्था छ। गत वर्ष यस कार्यक्रम अनुसार करीब नौ हजार मेट्रिक टन धान खरीद भएको थियो। यस आर्थिक वर्षमा तीन लाख मेट्रिक टन धान खरीदका लागि ३३ करोड रकम विनियोजन गरिएको मन्त्रालयले जनाएको छ। हिमालखबरबाट ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै