संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    युएईसँग नेपाल ८४ रनले पराजित

    युएईसँग नेपाल ८४ रनले पराजित

    संघारी न्युज
    २८ कार्तिक २०७९
    1.3k
    Shares

    काठमाडौँ, २८ कार्तिक । युएईसँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा नेपाल ८४ रनले पराजित भएको हो ।
    नेपालले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङमा आएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रन बनाएको थियो । २ सय ६४ रनको लक्ष्य पछ्याएको नेपाल पूरा ५० ओभर खेल्दै ९ विकेट गुमाएर केबल १ सय ७९ रनमात्र बनाउन सक्यो ।
    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५४ तथा अर्जुन साउदले ५१ रन बनाए । गुल्सन झाले १९ र आशिफ शेखले १२ रन बनाउनुबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
    युएईका आयान अफ्जल खानले ४ तथा बासिल हमिले २ विकेट लिए । यसअघि पहिलो इनिङ्ग्समा युएईका रोहन मुस्तफाले सर्वाधिक ५३ रन बनाएका थिए । त्यस्तै, मुहम्मद वासिमले ४४ रन जोड्दा व्रित्य अरविन्दले ४० रन बनाए ।
    नेपालका गुल्शन झाले ३ तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com