संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिमका सात सहित ९० म्यादी प्रहरी कारबाहीमा

    सुदूरपश्चिमका सात सहित ९० म्यादी प्रहरी कारबाहीमा

    संघारी न्युज
    १ मंसिर २०७९
    1.2k
    Shares

    कैलाली, १ मंसिर । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने सुदूरपश्चिममा सातसहित ९० म्यादी प्रहरीलाई कारबाही गरिएको छ। निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन्। प्रहरी नायव महानिरीक्षक एवं प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन्।
    आचारसंहिता विपरीत काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको उनले बताए । कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने छन्। उहाँहरुलाई पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कारबाही गरिएको हो। प्रवक्ता राईका अनुसार अनुसार कारवाही पर्नेमा सुदूरपश्चिममा सात जना म्यादी प्रहरी छन्।निर्वाचनको सुरक्षाका लागि ११ हजार ५ सय ५९ म्यादी र ६ हजार एक सय ६८ प्रहरी तैनाथ रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    यस्तै प्रदेश १ मा ४८, काठमाडौँ उपत्यकामा एक र बागमती प्रदेशमा ५ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । त्यसैगरी गण्डकी प्रदेशमा २४ , लुम्बिनी प्रदेशमा चार , कर्णाली प्रदेशमा एक जना रहेका छन्। काठमाडौँ उपत्यका सहित सात प्रदेशमा एक लाख १५ हजार म्यादी प्रहरीको कोटा रहेकामा हाल एक लाख १४ हजार आठ सय ७७ उपस्थित भएका छन्। यसमा पुरुष ८४ हजार २४८ र महिला ३० हजार ६२९ छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com