संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    चुनावका दिन कैलालीमा सवारी साधन बन्द हुने

    चुनावका दिन कैलालीमा सवारी साधन बन्द हुने

    संघारी न्युज
    २ मंसिर २०७९
    1.4k
    Shares

    धनगढी,२ मंसिर । कैलालीमा चुनावका दिन सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । मंसिर ४ गते आइतबार प्रतिनिधि र प्रदेश सभा निर्वाचनका दिन सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
    मतदानको दिन एम्बुलेन्स, शववाहन, दमकल, फलफूल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारी साधन,फोहोर मैला ओसारपोसार गर्ने सवारी साधन, आकस्मिक बिरामी बोकेका गाडी बाँहेक अरु गाडी सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । मतदानको दिन अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालन गर्न नपाइने उनले बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com