संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बाजुरामा मतदानको विवादले कुटपितबाट घाईते भएका आयडीको मृत्यू

    बाजुरामा मतदानको विवादले कुटपितबाट घाईते भएका आयडीको मृत्यू

    संघारी न्युज
    ५ मंसिर २०७९
    1.3k
    Shares

    कैलाली । बाजुरामा अनेरास्ववियुका नेताको मृत्यू भएको छ । आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको मृत्यू भएको प्रहरीले जनाएको छ ।

    कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) सूर्य थापाले जानकारी दिए ।

    दिउँसो वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर अयडीमाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ । अयडी नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन् ।

    अयडीको पारिवारिक स्रोतले घरबाट झिकेर बीभत्स ढङ्गबाट हत्या गरिएको बताएका छन् ।

    आइतबार नै मतदानमा भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र अयडीको मृत्यु भएको थियो । गोली लागि मृत्यु भएका अयडी नेपाली कांग्रेसका कार्यकर्ता हुन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com