संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    डडेल्धुराबाट शेरबहादुर देउवा सातौं पटक निर्वाचित

    डडेल्धुराबाट शेरबहादुर देउवा सातौं पटक निर्वाचित

    संघारी न्युज
    ७ मंसिर २०७९
    1.1k
    Shares

    डडेल्धुरा, ७ मंसिर । एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन्।

    बुधबार बिहान प्राप्त मत गणनाअनुसार प्रधानमन्त्री देउवा भारी मतान्तरका साथ विजयी भएका हुन्। प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गर्दै विजयी बनेका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल १३ हजार ४२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्।

    देउवा र ढकालबीचको मतान्तर १२ हजार ४९२ रहेको छ। नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल ७ हजार ५३५ मत ल्याए। देउवाले डडेल्धुराबाट २०४८ सालदेखि लगातार निर्वाचन जित्दै आएका छन्।

    प्रधानमन्त्री देउवाले हालसम्म डडेल्धुराबाट सातौं पटक २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा निर्वाचन जितेका हुन्। देउवा छैटौं पटक प्रधानमन्त्री बन्ने तयारीमा छन्। तर, उनका लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनौती दिएका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com