११ मंसिर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीको घोडाघोडी नगरपालिकामा ताल्चा लगाएको छ । सरकारी आवासमा मादक पदार्थ सेवन गरी जनप्रतिनिधि र कर्मचारीहरुले फर्निचर र कम्प्युटर तोडफोडजस्ता अनैतिक क्रियाकलाप गरेको आरोप लगाउँदै नेकपा घोडाघोडी नगर कमिटीले तालाबन्दी गरेको बताइएको छ ।
पछिल्लो समय नगरपालिकामा नीतिगत भ्रष्टाचार मौलाएको कमिटीले बताएको छ । आज जारी विज्ञप्तिमा भनिएको छ, ‘नगरपालिकाका जनप्रतिनिधिहरु समेतको संलग्नतामा नीतिगत भ्रष्ट्राचार मौलाइरहेको, जनप्रतिनिधिहरु जनताका समस्याप्रति उदासिनता प्रकट गर्ने, नगरपालिकाको बजेटमा ब्रह्मलुट मच्चाउनेजस्ता क्रियाकलाप शृङ्खलाबद्ध रुपमा भइरहेको छ ।’
त्यस्तै, ढुंगा, बालुवा बिना मापदण्ड उत्खनन्बाट गरिएको ओसारपसारलाई असुलीको माध्यम बनाइएको कमिटीको आरोप छ । नगरपालिकामा भ्रष्टाचार गर्ने काम जनप्रतिनिधिद्वारा भइरहेको बताउँदै कमिटीले सोको विरोधमा संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै