संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कञ्चनपुरमा दैनिक आठ घण्टा लोडसेडिङ

    कञ्चनपुरमा दैनिक आठ घण्टा लोडसेडिङ

    संघारी न्युज
    १३ मंसिर २०७९
    1.1k
    Shares


    कञ्चनपुर, १३ मंसिर । जिल्लाको दक्षिणी क्षेत्रमा आठ घण्टा विद्युत कटौती गरिएको छ। आज देखि १५ दिनका लागि बिहान ९ बजेदेखि साँझ ४ बजेसम्मका लागि विद्युत सेवा कटौती गरिएको हो।

    नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रले जारी गरेको सूचना अनुसार लालपुर, कलुवापुर, बेलौरी ३३ केभी लाइन अन्तर्गत बन्साहदेखि शान्तिपुर बेलौर सम्म खेतमा भएका पोलहरुको कन्डक्टर अपग्रेड गर्ने, कलुवापुर सव स्टेशनमा ३३ केभी फिडर निर्माण, ब्रेक कनेक्सन, लाईन एलाइनमेन्ट लगायतका कार्य गर्नु भएकाले विद्युत सेवा कटौती गरिएको जनाइएको छ।
    लालपुर सव स्टेशनबाटै लाइन अवरुद्ध हुने बताइएको छ। समय अगावै लाइन मर्मतको कार्य सकिए तत्कालै विद्युत सेवा सुचारु हुने जारी सूचनामा जनाइएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com