संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    ग्रेडरको ठक्करबाट बालिकाको मृत्युपछि धनगढीमा विद्यार्थी आन्दोलित 

    ग्रेडरको ठक्करबाट बालिकाको मृत्युपछि धनगढीमा विद्यार्थी आन्दोलित 

    संघारी न्युज
    १५ मंसिर २०७९
    1.1k
    Shares

    धनगढी,१५ मंसिर । ग्रेडरले साइकललाई ठक्कर दिँदा धनगढी उपमहानगरपालिका–५ बस्ने १५ वर्षीया चेतना साउदको मृत्यु भएपछि विद्यार्थी आन्दोलित भएका छन् । साउद अध्ययनरत पञ्चोदय माध्यमिक विद्यालयका विद्यार्थीहरू दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
    उनीहरूले घाइते बालिकालाई कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ब्याक गरेर मारेको भन्दै निर्माण व्यवसायीविरुद्ध नाराबाजी समेत गरेका छन् ।

    बिहीबार बिहान हसनपुर पिपल चौतारा सडक खण्डमा ग्रेडरले ठक्कर दिँदा पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको थियो ।

    प्रहरीले ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका–२८ का २७ वर्षीय विमल कुमाल र ग्रेडर प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा स्थानीयले पनि प्रदर्शन गरिरहेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com