संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बाजुरामा रोकिएको मतगणना पुनः सुचारु 

    बाजुरामा रोकिएको मतगणना पुनः सुचारु 

    संघारी न्युज
    १६ मंसिर २०७९
    1.2k
    Shares

    बाजुरा, १६ मंसिर । बाजुरामा मत गणनाको काम पुनः सुरु गरिएको छ । यसअघि मुचुल्कामा रहेको भन्दा बढी मत पाइएपछि दलका प्रतिनिधिहरूबीच विवाद पैदा भएको थियो । उम्मेदवार तथा दलका प्रतिनिधिहरूको समझदारीमा मतगणना कार्य फेरी सुचारु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
    प्रतिनिधिसभातर्फ हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ४० मत बढी भेटिएको भन्दै एमालेले विरोध गरेपछि मतगणना रोकिएको थियो । 

    यस्र्त प्रदेशसभा ९२० तर्फ बुढीगंगा नगरपालिका ३ मतदान केन्द्रका पेटिकामा मुचुल्काभन्दा ९८ मत बढी पाइएको कांग्रेस कार्यकर्ताहरूले दाबी गरेका थिए ।
    निर्वाचनमा खटिएका कर्मचारीले कम्प्युटरमा इन्ट्री गर्दा फरक पर्न गएको निष्कर्षमा समझदारी भएको हो । अहिले मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com