संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    देशभर लगातार चिसो बढ्दै

    देशभर लगातार चिसो बढ्दै

    संघारी न्युज
    १८ मंसिर २०७९
    1k
    Shares

    काठमाडौँ, १८ मंसिर । देशभर लगातार चिसो बढिरहेको छ । दिउँसो खासै चिसो नभए पनि बिहान र बेलुका चिसो बढ्दै गएको छ । बिहानको समयमा देशका धेरै ठाउँमा हुस्सु कुहिरोसमेत लाग्न थालेको छ ।

    न्यूनतम तापक्रम घट्नु र हुस्सु कुहिरो लाग्नुले बिहान चिसो हुने गरेको हो । यस्तै, बेलुका भने चिसो हावा चल्ने गरेको छ । मौसमविद् हिरा भट्टराईका अनुसार आज प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक ब‍दली हुने सम्भावना छ । अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com