संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    स्वास्थ्य बीमाबाट सेवा नपाएको गुनासो

    स्वास्थ्य बीमाबाट सेवा नपाएको गुनासो

    संघारी न्युज
    २१ मंसिर २०७९
    1.3k
    Shares

    कञ्चनपुर, २१ मंसिर । ‘स्वास्थ्य बीमा गर्दा निःशुल्क औषधि मिल्छ उपचार हुन्छ भन्यो, तर अस्पतालमा आउँदा शुल्क लिने गरेको सेवाग्राहीको गुनासो छ ।

    ‘सहुलियत नपाउने भए बीमा किन गर्ने ? विमा गरेर के फाइदा।’ भन्दै कञ्चनपुरको बेदकोट नगरपालिका–१ का चन्द्रदेव जोशीले पैसा तिरेर औषधी खरिद गरेको बताए ।

    उनले स्वास्थ्योपचारका लागि स्वास्थ्य बीमा गराएको कार्डसहित महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुगेका थिए । तर त्यहाँ जाँदा उनले सेवा पाएनन् ।

    अस्पतालमा बीमा कार्ड देखाउँदै उनले निःशुल्क सेवा लिन खोजे। तर अस्पतालको फार्मेसीमा भएका कर्मचारीले उनलाई औषधिवापतको शुल्क लाग्ने जानकारी दिए। उनी रु एक हजार आठ सय बराबरको औषधि खरिद गरेर फर्किए।

    उनीसँगै अस्पतालमा भेटिएका जानकीदेवी भट्टले पनि स्वास्थ्य बीमाको सहुलियत औषधि नपाएको गुनासो गरे। उनले बीमा गराउँदा सरकारी अस्पतालमा उपचार र औषधि निःशुल्क मिल्ने बताए पनि सेवा लिन नपाएको बताए ।

    बीमा बोर्डले ८० प्रकारको औषधि उपलब्ध गराउने भनिएको छ । ‘बीमा गरेको कार्ड देखाउँदा कहिले औषधि छैन भन्छन्, कहिले शुल्क लिन्छन् ।’

    महाकाली प्रादेशी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले स्वास्थ्य बोर्डले बीमावापतको भुक्तानी समयमै नगरिदिँदा समस्या हुने गरेको बताए।

    ‘बोर्डले समयमै अस्पताललाई भुक्तानी गर्दैन हामीले पनि औषधि खरिद गर्नुपर्छ’, उनले भने, ‘अस्पतालले गरेको बोलपत्र आह्वानमा कतिपय औषधि परेनन् त्यसले पनि औषधि नपाएको हुनसक्छ।’ उनले अस्पतालले केही दिनभित्रै दोस्रो बोलपत्र आह्वान गरेर औषधि खरिद गर्ने तयारी गरिरहेको बताए।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com