संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सहकारीलाई उत्पादनसँग जोडेर समृद्धि सम्भव : सांसद नेपालु चौधरी

    सहकारीलाई उत्पादनसँग जोडेर समृद्धि सम्भव : सांसद नेपालु चौधरी

    संघारी न्युज
    ४ असोज २०७९
    1.2k
    Shares

    धनगढी । कैलालीको कैलारी गाउँपालिका ६ खरुवाखेरास्थित जनवातावरण बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा भएको छ ।

    संस्थाकी अध्यक्ष गीता चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य नेपालु चौधरी रहेका थिए ।

    साधारण सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य चौधरीले आफू आफ्नो पाँच वर्षे कार्यावधिमा जनहीतमा काम गरेको दाबी गरे । यहाँको भौतिक पूर्वाधार, कृषि, सामाजिक, स्वास्थ्य क्षेत्रको विकासमा प्रदेश सरकारले ठूलो लगानी गरेको बताउँदै उनले समाजको विकासको लागि सहकारीलाई उत्पादनसँग जोडेर समृद्धि ल्याउन सकिनेमा जोड दिए ।

    यसैबीच संस्थाकी कोषाध्यक्ष बबिता चौधरीले आव २०७८÷२०७९ को ३ कारोड ६० लाख ७४ हजार ७२१ रुपैयाँ बराबारको वार्षिक कारोबार भएको प्रगति विवरण पेश गरिन् । सो विवरण अनुसार संस्थाले १ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ ।

    त्यस्तै, संस्थाको हालसम्मको शेयर पुँजी ९ लाख ८९ हजार, ८ सय रुपैयाँ, बचत ५५ लाख ९६ हजार ५२४ रुपैयाँ, जगेडा कोष १४ लाख ७३ हजार २९४ रुपैयाँ, अनुदान कोष १८ लाख ६९ हजार ६५५ रुपैयाँ रहेको छ । भने, चालु दायित्वतर्फ ४८ हजार ४४९ रुपैयाँ रहेको छ ।

    संस्थाले हालसम्म ८९ जनालाई ३५ लाख ७ हजार ५६१ रुपैयाँ लगानी गरेको बताइएको छ । २०७० सालमा स्थापना भएको संस्थाको ५२५ जना शेयर सदस्य रहेका छन् ।

    कार्यक्रममा कैलाली गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भागवती कुमारी चौधरी, वडा नं ६ का वडाध्यक्ष प्रेमबहादुर चौधरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कैलालीका प्रमुख गोविन्दराज जोशी, लिवर्ड शाखा कार्यालय राजीपुर, कैलालीका निरञ्जन पुडाशैनी, अकाश कोइरालालगायतको उपस्थिति रहेको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com