संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बैतडी धेरै भ्रष्टचार हुने जिल्लाको सूचीमा

    बैतडी धेरै भ्रष्टचार हुने जिल्लाको सूचीमा

    संघारी न्युज
    २४ मंसिर २०७९
    1.2k
    Shares

    बैतडी, २४ मंसिर । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरपछि बैतडी धेरै भ्रष्टाचार हुने जिल्लाको सूचीमा रहेको छ । सुदूरपश्चिमको सात पहाडी जिल्लामध्ये पहिलो बैतडी नम्बरमा रहेको तथ्य सार्वजनिक भएको छ ।  

    नागरिक समाज बैतडी र जिल्ला प्रशासन कार्यालयले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा तथ्याङ्क सार्वजनिक गरेका थिए । स्वतन्त्र विचार मञ्चका अध्यक्ष भरत जङ्गमले काठमाडौंबाट सरोकारवालासँग भिडियो संवाद गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरी हेर्दा बैतडी जिल्ला धेरै भ्रष्टाचार हुने जिल्लाको सूचीमा छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आ.ब. २०७८–७९ को ३२ औं वार्षिक प्रतिवेदनअनुसार कैलालीका ६५१ उजुरी, कञ्चनपुरका ३८३, बैतडीका २९० उजुरी, बझाङका २१७, दार्चुलाका १७३, डडेल्धुराका १७६, डोटीका १५९, अछामका १४०, र बाजुराका १२६ गरि दुई हजार ३१५ वटा उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गरिरहेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com