कैलाली, २८ मसिर । कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ । बिहानैदेखि धनगढी, लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको हुन्छ ।
बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीयलाई घरबाहिर निस्कन सकस भईरहेको छ । सडकमा गाडी र व्यक्तिको आवतजावत पनि कम भएको देखिन्छ ।
लम्की बहुमुखी क्याम्पसमा विविएस चौथो वर्षमा अध्ययनरत दुर्गा न्यौपानेले जाडोका कारण पढ्न जान नसकेको बताइन् । यस्तै व्यवस्थित नगरकी निर्मला विनाडी किसान बहुउद्देशीय सहकारीमा काम गर्छिन । उनि सधैँ बिहान घरबाट लम्की हुँदै बौनियासम्म स्कुटर चलाएर जाने गरेपनि आज भने काममा जान नसकेको बताईन् ।
बाक्लो हुस्सु र कुहिरोका कारण तरकारी खेती गर्दैआएका किसान चिन्तित छन् । उनीहरु बाक्लो हुस्सु र शीतलहरका कारण सबै सखाप हुने हो की भन्ने डरले चिन्ता बनेका हुन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै