बैतडी, २ पुस । बैतडीमा स्वास्थ्य चौकी र प्रसूति केन्द्रमा सुत्केरी हुने आमाको सङ्ख्या बढ्दै गइरहेको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकलाई हेर्ने हो भने स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको सङ्ख्या ६४ प्रतिशतले बढेर ८१ प्रतिशत पुगेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा ६४.२ प्रतिशत संस्थागत सुत्केरी रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सुत्केरी हुनेको सङ्ख्या ८१.९ प्रतिशत पुगेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य कार्यालय र स्थानीय तहले घरमा हुने सुत्केरी शून्य पालिका घोषणा अभियान सञ्चालन गरेका कारण संस्थागत सुत्केरीको सङ्ख्या बढ्दै गएको हो ।
संस्थागत सुत्केरीको सङ्ख्या बढ्दै गएपछि मातृशिशु मृत्यु दर पनि घट्दै गएको भट्ट बताउँछन् । उनले स्वास्थ्य कार्यालय बैतडीले सार्वजनिक गरेको तथ्याङ्कमा स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गराउनेको सङ्ख्या पनि बढिरहेको बताए । आर्थिक वर्ष २०७५/७६ मा गर्भ जाँच गराउनेको सङ्ख्या ६२.४ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा सो सङ्ख्या बढेर ७९ प्रतिशत पुगेको छ ।
त्यस्तै, गर्भ रहेको १८० दिन आइरन चक्की सेवन गर्नेको संख्या ७८.२ प्रतिशत छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै