धनगढी,१६ पुस । रेशम चौधरीको रिहाई नभएसम्म प्रदेश सरकारमा नजाने र कसैलाई समर्थन नगर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय छ ।
सात सांसद रहेको नागरिक उन्मुक्तिले समर्थन नगरे सुदूरपश्चिममा सत्ता गठबन्धनको नेतृत्वमा सरकार बन्ने संभावना न्यून छ । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेससंग १९ जना सांसद छन् । दोस्रो ठूलो माओवादीसंग ११ र तेस्रो ठूलो दल नेकपा एमालेसंग १० जना सांसद छन् । चौथौ ठूलो दलका रुपमा रहेको नागरिक उन्मुक्तिसंग सात जना सांसद छन् ।
प्रदेश सभामा नेकपा एकीकृत समाजवादीका चार जना सांसद छन् । राप्रपाका एक र स्वतन्त्र सांसद एकरएक जना छन् । डडेल्धुराबाट एकीकृत समाजवादी छोडेर स्वतन्त्र उम्मेदवारी दिएर जितेका डा। तारा जोशी तत्काल कुनै पार्टीमा प्रवेश गर्ने संभावना छैन ।सुदूरपश्चिममा सरकार गठनका लागि २७ जना सांसद आवश्यक पर्छन । नागरिक उन्मुक्तिले साथ नदिए सत्ता गठबन्धनसंग २६ जना सांसद मात्र हुने देखिन्छ ।
उता नागरिक उन्मुक्तिले काँग्रेसलाई साथ दिएमा काँग्रेसका १९, उन्मुक्तिका ७ र स्वतन्त्र सांसद डा। जोशी समेत गरी सरकार गठनका लागि आवश्यक २७ जना पुग्ने देखिन्छ ।नागरिक उन्मुक्तिका तर्फबाट शुक्रवार प्रवक्ता दामोदर पण्डित सहितको टिमले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउने क्रममा रेशम चौधरीको रिहाई नभएसम्म प्रदेश सरकारमा कसैलाई समर्थन नगर्ने र सरकारमा नजाने अडान सुनाएको थियो ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै