संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    पत्रकार उन्नती चौधरीलाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार

    पत्रकार उन्नती चौधरीलाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार

    संघारी न्युज
    १६ पुष २०७९
    1.1k
    Shares

    कैलाली, १६ पुस । शुक्लाफाँटा एफएमको १६ औँ वार्षिक उत्सवमको अवसरमा पत्रकार उन्नती चौधरीलाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार प्रर्दान भएको छ ।

    स्थानीय विकास मञ्च फोल्ड कन्चनपुर को पहल र समुदायद्वारा सञ्चालित सामुदायिक रेडियो शुक्लाफाँटा एफ एम ९९.४ मेगाहर्जले १६औं वार्षिकोत्सव केर्नी न्यूजका सञ्चालक तथा सम्पादकलाई पुरस्कार सहित सम्मान गरेको हो ।

    २०६३ साल पौष १५ गतेदेखि विधिवत रुपमा प्रशारणको थालनी भएको साविक महाकाली अञ्चलको पहिलो र सामुदायिक रेडियोले समाजमा रहेका विकृति र कुरीति कुसंस्कारको विरुद्ध अवाज उठाईरहेका अभियन्ताहरुलाई हरेक वर्ष पुरस्कृत गर्दै आईरहेको छ ।

    शुक्लाफाँटा एफएम सुदूरपश्चिमको सर्वाधिक प्रशारण क्षमता भएको एफएम हो । रेडियोका अध्यक्ष बलबहादुर डगौराका अनुसार हरेक वर्ष शुक्लाफाँटा एफएमले स्थानीय तथा राष्ट्रिय क्षेत्रमा उल्लेख्य योगदान पुयाएका महानुभावलाई सम्मान, अभिनन्दन गर्दैआईरहेको जानकारी दिए ।

    साथै वर्षको एक जना पत्रकारलाई पत्रकारिता क्षेत्रमा अनुकरणीय कार्य गरेवापत शुक्लाफाँटा पत्रकारिता पुरस्कार सहित सम्मान गर्ने परम्परा बसालेको बताए । सोही पुरस्कार यो वर्ष पत्रकार उन्नती चौधरीलाई प्रर्दान गरिएको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com