कैलाली । कैलालीको धनगढी र गोदावरी नगरपालिकामा एक एक जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–१ त्रिवेणी चोक नजिक झाडीमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ रैकवार बिचुवाका ७४ वर्षीय वृद्ध धनसिंह जेठारा पेला परेका छन् ।

त्रिवेणी चोकस्थित आफ्नो छोरी लक्ष्मी जेठाराको घरमा विगत एक महिनादेखि बस्दै आएका वृद्ध मंगलबार साँझबाट हराएकोमा बुधबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
यसैगरी, गोदावरी नगरपालिका–१२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी जोशीले बडेला बुधबार बिहान आफ्नै घरको आगनमा मृत अवस्थामा भेटिएको जानकारी दिए ।
उनको टाउको र खुट्टामा चोट देखिएपछि हत्या आशंकामा अनुसन्धान अघि बढाइएको जोशीले बताए । अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै