काठमाडौ, २४ पुस । सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति भएको छ।
आइतबार काठमाडौं आयोजित एका कार्यक्रममा जनमत पार्टीका अध्यक्ष राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन्। दुवै पार्टीबीच भएको सहमति पत्रमा भनिएको छ, ‘हामीले विशेष गरी जनतासँग सरोकार राख्ने मुद्दाहरूमा सरकारलाई दबाब दिन तथा आदिवासी, जनजाति, मधेशी, मुस्लिम, दलित, थारु, ओबीसी, अल्पसंख्यक तथा महिलामैत्री राजनीतिक वातावरण तयार गराउन यी दुई पार्टीको बीचमा मोर्चाबन्दी गर्दै अगाडि बढ्न सहमत छौं।”
प्रतिनिधि सभामा जनमत पार्टीका ६ र उन्मुक्ति पार्टीका तीन सांसद छन्। त्यस्तै, मधेशमा जनमत पार्टी र सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी निर्णायक छन्। मधेशमा जनमतका १३ र सुदूरपश्चिममा उन्मुक्ति पार्टीका सात सांसद छन्।
दुवै पार्टीबीच भएको १२ बुँदे सहमतिमा टीकापुर घटनामा जेलमा रहेका र पूर्व सांसद रेशम चौधरीको रिहाइका लागि पहल गर्ने उल्लेख छ। त्यस्तै, यसअघिको सरकारले सिफारिश गरेको मुलुकी फौजदारी कार्यविधि संहिता ९पहिलो संशोधन० अध्यादेश २०७९ लाई संसद्बाट पारित गर्न दबाब दिने पनि सहमति भएको छ।
यससँगै उच्चस्तरीय लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका कार्यकर्ताविरुद्ध लगाइएका मुद्दा फिर्ता गर्न दबाब दिने सहमतिमा उल्लेख छ। हिमालखबरबाट ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै