संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    टी–२० लिगको दोस्रो क्वालिफायरमा आज जनकपुर र विराटनगर भिड्दै

    टी–२० लिगको दोस्रो क्वालिफायरमा आज जनकपुर र विराटनगर भिड्दै

    संघारी न्युज
    २६ पुष २०७९
    1.2k
    Shares

    काठमाडौं, २६ पुस । नेपाल टी–२० लिगको दोस्रो क्वालिफायरमा आज जनकपुर रोयल्स र विराटनगर सुपर किंग्स भिड्दैछ्न्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यो खेल मध्याह्न १२ बजे सुरु हुनेछ।

    पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्ससँग ६ रनले हारेको जनकपुरका लागि फाइनल प्रवेशका लागि यो दोस्रो मौका हो। यता विराटनगर सुपर किंग्सले काठमाडौं नाइट्सलाई ९९ रनले हराउँदै जनकपुरसँगको भेट पक्का गरेको हो।

    यी दुईबीच यसअघि लिग चरणमा भेट हुँदा दुवै खेलमा जनकपुर विजयी भएको थियो। पहिलो खेलमा ४९ रनले विजयी भएको जनकपुरले दोस्रो खेलमा पाँच विकेटको रोमाञ्चक जित निकालेको थियो। आजको विजेताले भोलि हुने फाइनलमा लुम्बिनी अल स्टार्ससँगे खेल्नेछ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com