कैलाली २६ पुस । नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक समारोहमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख थारुहरु सुदूरपश्चिमको शान रहेको बताए ।
उनले कार्यक्रमका प्रमुख अतिथि धनगढी उमहानगरप्रमुख गोपाल हमाल (गोपी) ले बिगमा पश्चिम तराईमा रिक्सादेखि घर निर्माणसम्मका सबै काम भारतीय नागरिकहरुले गर्ने र भारतमा करोडौं रुपिया जाने गरेको तर अहिले ती काम थारुहरुले सम्हाल्दै करोडौं रकम भारत जानबाट रोकेकाले थारुहरु सुदूरपश्चिमका शान रहेको बताए ।
नमस्ते सहकारीका पूर्वप्रबन्धक कुन्न नारायण चौधरीले २५ जनाले ५÷५ हजारका दरले संस्थाको सुरुवात गरेको र हाल यो अवस्थामा पुगेकोले खुशी ब्यक्त गरे । राष्ट्रिय सहकारी बैंकका प्रबन्धक रावलले नमस्ते सहकारीको कार्यशैली, ब्यवस्थापन, यसले सञ्चालन गरिरहेको लघुबित्त शैली अरु भन्दा फरक रहेकोले राष्ट्रिय सहकारी बैंकको नजरमा प्रदेश स्तरमा राम्रो सहकारीको रुपमा छनौट भएको बताए ।
त्यसै गरी, नवजीवन सहकारीका संचालक समितिका सदस्य शिवकुमार फुलाराले नमस्ते सहकारीले राखेको बासलातले सहकारी संस्था राम्रो रहेको र यसले भविष्यमा अझ प्रगति गर्न सक्ने बताए ।
कार्यक्रममा संस्थाका प्रबन्धक विजय चौधरीले आजसम्म सहकारीमा ६ हजार ८४ शेयर सदस्य पुगिसकेको र आर्थिक मन्दीको यो बर्ष पनि संस्थाले १ करोड नाफा गरेको जानकारी दिएका हुन् ।
संस्थाले आफ्ना उत्कृष्ट बजार प्रतिनिधि, उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता उत्कृष्ट ऋणी, उत्कृष्ट समूहलाई सम्मान गरेका थिए । साथै आमन्त्रित प्रमुख अतिथि, अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
साधारण सभा नमस्ते बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगतराम चौधरीको अध्यक्षतामा भएको थियो भने राष्ट्रिय सहकारी बैंक धनगढी शाखाका प्रबन्धक कृष्ण बहादुर रावल, थाकस कैलालीका काबा अध्यक्ष माधव थारुले शुभकामना मन्तब्य दिएका थिए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै