काठमाडौं २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनसम्मत ढंगले रेशम चौधरीलाई रिहा गराउने बताए ।
प्रतिनिधिसभामा विश्वासको मत मागेका उनले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै संसदबाट कानुन बनाएर रेशम चौधरीलाई रिहा गर्न पहल गर्ने प्रतिवद्धता जनाए ।
प्रधानमन्त्री प्रचण्डले भने ‘तराई मधेश अन्य राजनीतिक दलसँग विगतमा भएको समझदारीका आधारमा अध्यादेश बनाएर रेशम चौधरीसहित नेता कार्यकर्तालाई छुटाउछौं । तर संसद सुरु भइसकेकाले अब संसदबाटै कानुन बनाएर रिहाइ गर्नेछौं ।’
रेशम चौधरीको मुद्दा अदालतमा पुगिसकेका कारण केही जटिल रहेको भन्दै उनले भने, ‘ऐनको समुचित व्यवस्था गरेर अन्यायपूर्ण रुपमा बन्दी बनाइएकाहरुलाई छुटाउने पहल गर्छौं ।’
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै