संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    नागरिक उन्मुक्तिको निर्णय पर्खाईमा कांग्रेस संसदीय दलको बैठक अन्योल

    नागरिक उन्मुक्तिको निर्णय पर्खाईमा कांग्रेस संसदीय दलको बैठक अन्योल

    संघारी न्युज
    २७ पुष २०७९
    1.1k
    Shares

    कैलाली, २७ पुस । नागरिक उन्मुक्तिको निर्णयको पर्खाईमा बिहान ८ बस्ने भनिएको कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक अझै बस्न सकेको छैन ।

    बिहान केही प्रदेश सभा सदस्यहरू संसदीय दलको कार्यालयमा उपस्थित भइसकेका थिए । तर, संसदीय दलका नेता कमल शाहले बैठक १०ः३० मा हुने बताएपनि उनीहरू बैठक सुरु गर्न सकेका छैनन् ।

    नागरिक उन्मुक्तिसँग छलफल भइरहेको हुँदा संसदीय दलको बैठक बस्न ढिलाइ भएको एक नेताले जानकारी दिए ।
    आज मुख्यमन्त्रीको दाबी गर्ने र सभामुखको मनोनयन गर्ने अन्तिम दिन हो । आज बिहान यिनै विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको थियो ।

    सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले जसलाई समर्थन गर्ने अवस्था आउँछ त्यही गठबन्धनको सरकार बन्छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन २७ जना सांसद आवश्यक पर्छ ।

    यहाँ सत्ता गठबन्धन भित्र माओवादी केन्द्रको ११ एमालेको १० र राप्रपाका १ सांसद छन् । यहाँ नागरिक उन्मुक्ति पार्टीका ७ सांसद मिल्दा २९ हुन्छ ।

    यता कांग्रेसका १९ , नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र एकसहित २४ सांसद छन् । यहाँ नागरिक उन्मुक्ति मिल्दा ३१ हुन्छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com