पोखरा, २ माघ । पोखरामा भएको यती एअरलाइन्सको जहाज दुर्घटनामा परी बेपत्ता भएकाहरूको सोमबार बिहानैदेखि खोजी शुरू गरिएको छ।
आइतबार साँझ ७ बजेसम्म विमानमा रहेका तीन जना फेला नपरेकाले बिहानैदेखि खोजी शुरू गरिएको हो। सेती नदीको अप्ठेरो खोंचमा जहाज दुर्घटना भएको र रातको समय भएकाले हिजो उद्धार कार्य रोकिएको थियो।
जहाजमा चालक दलका चार सदस्य सहित ७२ जना रहेका थिए। जसमा ५३ जना नेपाली‚ पाँच जना भारतीय‚ चार जना रशियन‚ दुई जना कोरियाली‚ एक जना अर्जेन्टेनी‚ एक जना अस्ट्रेलियन‚ एक जना आइरिस र एक जना फ्रान्सेली नागरिक रहेका थिए। उनीहरूमध्ये आइतबार साँझ सम्म ६९ जनाको शव फेला परेको थियो।
काठमाडौंबाट आइतबार बिहान १०ः३२ बजे पोखराका लागि उडेको यती ‘९एन-एएनसी’ कल साइनको जहाज बिहान १०ः५० बजे दुर्घटना भएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न केही मिनेटअघि पोखरा महानगरपालिका १५ सीताराम पुल नजिक सेती खोंचमा झरेको थियो।
पहिचान भएका पोखरा र आसपासका व्यक्तिको शव सोमबाबार बिहान आफन्तको जिम्मा लगाउने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए। यस्तै‚ काठमाडौंका र आफन्त काठमाडौं नै भएका एवं विदेशी यात्रुका शवलाई हेलिकोप्टरमार्फत पठाउने तयारी छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै