काठमाडौं, ९ माघ । बाँकेका निर्मला कुर्मीको अपहरणपछि मृत्युको घटना छानबिन गरी दोषीलाई कारबाहीको माग राख्दै प्रदर्शनमा उत्रिएका रुबी खानसहितका अधिकारकर्मीलाई पक्राउ गरिएको छ । बबरमहलअगाडि प्रदर्शन गरिरहेका बेला खानलगायतका प्रदर्शनकारीलाई पक्राउ गरिएको हो ।
काठमाडौं जिल्ला अदालत देखि सिंहदरबार जाने क्रममा प्रहरी उनीहरुलाई पक्राउ गरेको हो ।
२०७६ चैत १४ मा भारतमा निर्मलाको शंकास्पद मृत्यु भएपछि उनीहरू निरन्तर आन्दोलनमा छन् । यसबीच सरकारी छानबिन समिति बन्यो, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान पनि गरे, तथापि पीडित पक्ष न्याय पाउन सकेको छैन । मुद्दा अदालतसम्म जान सकेकै छैन । उल्टो, मुख्य आरोपित रहेका कांग्रेस नेता बादशाह कुर्मी हालै बाँके–३ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।
कुर्मीको न्यायका लागि खगेन्द्र संग्रौला, नारायण वाग्ले, सञ्जिव उप्रेती, अर्चना थापा लगायतका नागरिक अभियन्ताहरूले पीडितको मागमा ऐकवद्धता जनाउँदै आएका छन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै