कैलाली । धनगढीमा दश दिनदेखि सत्याग्रहमा बसेका डा. गोविन्द केसी काठमाडौं फर्केका छन्। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहितका माग राखेर धनगढीमा २०औँ सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि थप उपचारका लागि काठमाडौं फर्केका हुन् । चिकित्सकसहितको टोलीको पटक पटकको आग्रहपछि बुधबार बेलुकी मात्रै उनी उनी आफ्नै खर्चमा काठमाडौं फर्के ।
सरकारको खर्चमा नजाने र सरकारलाई व्ययभार नगराउने भन्दै डा.केसी आफ्नै खर्चमा आज बेलुकी ५ बजेको श्री एयरलाइन्सकोे जहाजबाट काठमाडौं फर्केका हुन्। काठमाडौं पुगेपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिने तयारी रहेको उनका सहयोगीले बताए । यसअघि उनको स्वास्थ्य अवस्था नाजुक रहेको भन्दै मंगलबार दिनभर सरकारले काठमाडौं लैजाने प्रयास गरे पनि उनले मानेका थिएनन्। मंगलबार उनलाई लैजान नेपाली सेनाको स्काई ट्रक दिनभर धनगढीमै रहे पनि बेलुकी भने रित्तै फर्किएको थियो।

दश दिनदेखि धनगढीमा सत्याग्रहमा रहँदा डा. केसीको मांशपेशी सुक्दै गएको र पेटमा अल्सर भएर रक्तश्राव भएकाले सुविधा सम्पन्न अस्पतालमा स्थान्तरण गर्न चिकित्स्कको टोलीले बारम्बार आग्रह गरेको थियो। चिकित्सक टोलीको आग्रह अनुसार नै उनलाई काठमाडौं पठाउन जिल्ला प्रशासन कार्यालयको प्रयास असफल भएको थियो। तर, बुधबार उनले स्वास्थ्य अवस्था नाजुक भएकोले काठमाडौं राजी भए । उनी धनगढी कृष्ण मन्दिरको धर्मशालामा भदौ २७ गते सत्याग्रहमा बसेका हुन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै