संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कैलालीका तीन पालिकामा दादुरा देखियो

    कैलालीका तीन पालिकामा दादुरा देखियो

    संघारी न्युज
    १० माघ २०७९
    1.3k
    Shares

    कैलाली, १० माघ । कैलालीको तीन वटा स्थानीय तहमाका बालबालिकाहरुमा दादुराको संक्रमण देखा परेको छ । धनगढी उपमहानगरपालिका, गोदावरी र गौरीगङ्गा नगरपालिकाका बालबालिकाहरुमा दादुराको संक्रमण देखिएको हो ।

    यी स्थानीय तहका समुदायमा दादुराको संक्रमण देखा परेपछि अन्यत्र पनि फैलिने सक्ने खतारा बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

    धनगढीको वडा नम्बर १ को पशुपतिटोलमा भारतबाट आएका ४ जना बालबालिकामा दादुरा संक्रमण पुष्टि जनाइएको छ । यस्तै, गोदावरी नगरपालिकाको वडा नम्बर ३ र गौरीगङ्गाको वडा नम्बर ६ मा १÷१ जनालाई दादुरा संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

    उनका अनुसार धनगढीका साढे तीन वर्षका एक बालकले आधा खोप लगाएका र अका एक पाँच वर्षीय खोप नलगाएका बालकमा पनि दादुराको लक्षण देखिएको छ ।

    खोप नलगाएका बालकमा भारत गएर फर्किएपछि दादुरा देखिएको हो । उनीहरूका अभिभावकहरू बच्चा सहित रोजगारीका लागि भारत आउने जाने गर्नाले खोप छुटेको हुनसक्ने स्वास्थ्य कार्यालयले अनुमान गरेको छ ।

    बालबालिकाले जन्मेदेखि १५ महिना भित्रमा १३ वटा खोप लगाउनुपर्छ । केही गरेर ती खोप छुटेमा पाँच वर्षभित्र लगाउनु पर्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामले बताए ।

    स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले संक्रमण देखापरेको स्थानमा तत्काल खोप अभियान सञ्चालन गर्ने जानकारी दिए ।

    सरकारले सन् २०२३ मा नेपालबाट दादुरा रोग उन्मुलन गर्ने लक्ष्य राखेको छ। तर केही दिन अगाडि लुम्बिनी प्रदेशको बाँके जिल्ला पनि दादुराका विरामी देखिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com