संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बाजुरामा ५.९ म्याग्निच्यूडको भूकम्प : एकको मृत्यू, दूई घाईते

    बाजुरामा ५.९ म्याग्निच्यूडको भूकम्प : एकको मृत्यू, दूई घाईते

    संघारी न्युज
    १० माघ २०७९
    1.1k
    Shares

    कैलाली, १० माघ । सुदूरपश्चिमको बाजुरामा केन्द्रबिन्दु बनाई भुकम्प जाँदा एक जनाको मृत्यू भएको छ भने दूई जना भाईते भएका छन् । मंगलबार दिउँसो २ः४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

    सुदूरपश्चिम प्रदेश सहित नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको थियो ।

    भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बाजुराको मैला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो।

    जिल्ला प्रहरी कार्यालय बाजुराले भूकम्पमा परि बाजुरामा एक महिलाको ज्यान गएको बताए । जिल्लाको गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भुकम्पसँगै माथिबाट खसेको ढुंगा लागेर महिलाको मृत्यु भएको हो । यस्तै भूकम्पमा परेर दुई जना घाइते भएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com