धनगढी, ११ माघ। धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले भारतको लखनउमा हुने छैटौं संस्करणको इन्टरनेशनल स्कुल क्रिकेट लिग खेल्ने भएको छ ।
जनवरी २७ देखि फेब्रुअरी २३ सम्म चल्ने लिगका लागि बुधबार कलेजले आफ्नो क्रिकेट टोलीको विदाई गर्यो । कलेजका प्रबन्ध निर्देशक सुवास शाही, क्याम्पस प्रमुख योगराज उपाध्यायले एक कार्यक्रमबीच खेलाडी तथा अफिसियलहरुको विदाई गरेका थिए ।
एसपीए कलेजको टोलीमा बसन्त कार्की, विप्लव खड्का, निर्मल भाट, निशान रेग्मी, सागर साउद, अजयसिंह कडाल, सचिन साउद, सुर्य श्रेष्ठ, खगेन्द्र कुँवर, विशाल विष्ट, विरेन्द्र चन्द, गौरव गुरुङ, आशिष तुहार र विपिन रावल रहेका छन् । यस्तै अफिसियलमा भागीराम बखरिया, यज्ञराज जोशी र गोविन्द भट्ट रहेका छन् ।
विश्वप्रशिद्ध सिटी मन्टेश्वरी स्कुलको आयोजनामा हुने प्रतियोगितामा नेपाल, श्रीलंका, ओमान, जिम्बाबेसहित भारतका कोलकत्ता, दिल्ली, पटना, हैदरावाद, मध्यप्रदेश, पञ्जाबलगायत शहरका टोलीहरुले सहभागिता १६ टोलीको जनाउँदैछन् ।
प्रकाशित खेल तालिका अनुसार एसपीए कलेजले जनवरी २७ मा उत्तराखण्डको अमिनिटी पब्लिक स्कुल, जनवरी २९ मा जिम्बाबेको लेजेन्ड कम्बाइन्ड स्कुल र जनवरी ३० मा कोलकत्ताको साउथ सिटी इन्टरनेशनल स्कुलसँग लिग चरणका खेलहरु खेल्नेछ ।
लिगकम नकआउट फम्र्याटमा हुने लिग लखनउका तीन क्रिकेट ग्राउण्डमा हुनेछ । खेल दिन रात हुनेछ । वेस्टइण्डिजका निकोलस पुरन, भारतको यू–१९ विश्वकप विजेता टोलीका सदस्य हिमान्सु राना, यू–१९ टोलीका सदस्यहरु दिवंशु जोशी, मयंक रावत, आइपीएल टोली सनराइजर्स हैदरावादका अविशेक शर्मा, राजस्थान रोल्सका अनुज रावत, मुम्बई इण्डियन्सका विपुर कृष्णलगायतले पनि उक्त क्रिकेट लिग खेलिसकेका छन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै