दाङ, ११ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसक्ने बताएको छ । नागरिक उन्मुक्तिको समर्थनमा एमालेका राजेन्द्र रावल २७ पुसमा मुख्यमन्त्री बनेका हुन् । तर अहिले उन्मुक्तिका पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने बताउँछिन् ।
मुख्य मन्त्रीले एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ । तर नागरिक उन्मुक्तिको समर्थन गर्ने सुनिश्चित नभएका कारण उनी अहिलेसम्म विश्वासको मत लिएका छैनन् । उनले शीर्ष तहबाटै सहमति गराउन काठमाडौं पुगेका छन् ।
बुधबार दाङमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै रञ्जिताले भनिन्, ‘सत्ता गठबन्धनमा रहेर हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेको छौं । सुदूरपश्चिममा पनि सरकार बनाएका छौं । तर माग पुरा नभएपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौं ।’
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै