संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    काठमाडौं महानगरले मापदण्ड विपरित राखिएका होर्डिङ बोर्ड हटाउदै

    काठमाडौं महानगरले मापदण्ड विपरित राखिएका होर्डिङ बोर्ड हटाउदै

    संघारी न्युज
    १३ माघ २०७९
    1.1k
    Shares

    काठमाडौं, १३ माघ । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरित होर्डिङ बोर्ड हटाउन लागेको छ । मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो आकारका होर्डिङ बोर्ड हटाउन लागेको हो ।

    महानगरले गत असोज ७ गते मापदण्ड सूचना निकालेर ३० दिनभित्र तोकिएको मापदण्ड अनुसारका होर्डिङ बोर्ड राख्न अनुरोध गरेको थियो। तर तोकिएको अवधिमा पनि मापदण्ड पालन नगरिएकाले गत कात्तिक २७ गतेदेखि अनधिकृत होर्डिङ बोर्ड हटाउन थाले ।

    महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्ग फिटसम्मको होर्डिङ बोर्डको वार्षिक शुल्क ५०० रुपैयाँ‚ १५ वर्गफिटसम्मको एक हजार ५०० र १५ वर्गफिटदेखि ३० वर्गफिटसम्मको प्रतिवर्गफिट एक हजार रुपैयाँ थप शुल्क तोकिएको छ।

    त्यस्तै‚ महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन नीति २०७० मा महानगर क्षेत्रका सार्वजनिक स्थानमा अनधिकृत रुपमा राखिएका व्यावसायिक होर्डिङ बोर्ड तथा प्रचार सामग्री राख्न निषेध गरिएको छ।

    निजी जग्गामा बोर्ड राख्दा सँधियार तथा सडकतर्फ कम्तीमा १० फिट जमीन छोडेको हुनुपर्ने र उचाइको हकमा जमिन सतहबाट बढीमा ३० फिट मात्र हुनुपर्ने, सौर्य बत्ती अनिवार्य जडान गरेको हुनुपर्ने नीतिमा उल्लेख छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com