संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    प्रेमप्रसाद आचार्यले उठाएका विषय छानबिन गर्न समिति गठन

    प्रेमप्रसाद आचार्यले उठाएका विषय छानबिन गर्न समिति गठन

    संघारी न्युज
    १३ माघ २०७९
    1.1k
    Shares

    काठमाडौं, १३ माघ । गृह मन्त्रालयले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषय छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

    अर्थ मन्त्रालयका उपसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहने गरी समिति गठन गरिएको गृहमन्त्रालयले जानएको छ ।

    मङ्गलबार बानेश्वरमा आत्मदाहको प्रयास गरी घाइते भएका आचार्यको उपचारका क्रममा बुधबार मृत्यु भएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com