संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    आयोजना अवधि चार महिना बाँकी, बल्ल शूरु भयो सडक निर्माण

    आयोजना अवधि चार महिना बाँकी, बल्ल शूरु भयो सडक निर्माण

    संघारी न्युज
    १६ माघ २०७९
    1.1k
    Shares

    धनगढी, १६ माघ । एसियाली विकास बैङ्कको सहुलियत ऋण सहयोगमा कैलाली पुलदेखि पश्चिमतिर ट्राफिक चौराहासम्म बजार क्षेत्रको सडक निर्माणको काम थालिएको छ । यो सडक निर्माणका लागि दुई वर्ष अगाडि नै ठेक्का भईसकेको थियो तर काम भने अहिले सुरु भएको धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले जानकारी दिए ।

    उकाका अनुसार यसअघि ठेक्का भएको १०.२ किलोमिटर सडक निर्माण प्याकेजअन्तर्गत नै यो सडकको काम भईरहेको छ । कैलाली पुलदेखि ट्राफिक चौराहासम्मको दूरी करिब १.५ किलोमिटर छ। दुवैतिर नालीसहित २४ मिटर फराकिलो सडक बन्ने इन्जिनियर भट्टले बताए ।

    केही वर्षअगाडि नै यहाँ क्षेत्रीय सहरी विकास आयोजना लागू भएको थियो। आयोजनाको समयावधि सकिने बेला भईसकेको छ । गत डिसेम्बरमा यो आयोजनाको समयावधि सकिएको थियो। हाल छ महिनाका लागि अवधि थप भएको इन्जिनियर भट्टले बताए । अब सडक निर्माणको अवधि चार महिना बाँकी छ ।

    आयोजनाअन्तर्गत धनगढीका सातवटा सडक निर्माणका लागि ठेक्का भएको थियो। ठेक्का भएका अरू सडकको निर्माण कार्य भने अन्तिम चरणतिर पुग्दैछ। सडक अधिकार क्षेत्रमा परेको संरचना हटाउनुपर्नेलगायतका कारणले कैलाली पुल–ट्राफिक चौराहा सडक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन।

    सातवटै सडक निर्माणको ठेक्का कालिका कन्स्ट्रक्सनले ६८ करोड पाँच लाख ९८ हजार रुपियाँमा ठेक्का पाएको थियो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com