संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोक्यो

    आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोक्यो

    संघारी न्युज
    १६ माघ २०७९
    1.2k
    Shares

    काठमाडौं, १६ माघ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार निर्वाचनको कार्यतालिकासहित मिति तय गरिएको हो।

    आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी मिति तोके छ । त्यसमा राष्ट्रपति र उपराष्ट्रपतिको मनोनय लगायतको कार्यतालिका छ। थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com