संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    टीकापुर घटनाको पेसी पुनः स्थगित

    टीकापुर घटनाको पेसी पुनः स्थगित

    संघारी न्युज
    १७ माघ २०७९
    1.1k
    Shares

    कैलाली, १७ माघ । टीकापुर घटनाको आज हुने पेसी सर्वोच्च अदालतले गोलापर्थाबाटै स्थगित गरिएको छ । यस अघि ८ पटक सम्म साधारण तारिक र दूई पटक स्थगित, दुई पटक हेर्न नभ्याईने र एक पटक हेर्न नमिल्ने भन्दै पेसी सरिरहेको अधिवक्ता टीका कुँवरले जानकारी दिए ।

    २०७२ भदौ ७ गते थरुहटको आन्दोलनको भिडमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जनाको ज्यान गएको थियो ।

    उक्त घटनामा रेशम चौधरी सहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

    त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । त्यस लगत्तै फागुन १२ गते रेशम चौधरीको पक्षमा कानुन व्यवसायीहरूले सर्वोच्चमा पुनरावेदन गरेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com